कुम्भ राशि (Aquarius) राशि चक्रको एघारौँ राशि हो, जसको प्रतीक जल वाहक (घडा) हो। कुम्भ राशि धनिष्ठा नक्षत्र (गू, गे) सतभिषा नक्षत्र (गो, सा, सी, सू) पूर्व भाद्रपदा नक्षत्र (से, सो, दा) जस्ता अक्षरहरुको सम्मिलनबाट बनेको हुन्छ। कुम्भ राशिका जातकहरू स्वतन्त्र, अनौठो सोचका हुन्छन्। नयाँ विचारमा रुचि राख्छन्। भेडचाल, मेहनती, हस्तक्षेप मन पराउँदैनन्। यसको क्षेत्र ३००० देखि ३३०० क्षेत्रमा फैलिएको हुन्छ।
कुम्भ राशि हुनेलाई कर्कट राशि शत्रु हुन्छ। एक्लै बस्न मन पराउने, तुच्छ शब्द प्रयोग गर्ने, आफ्नो मात्रै फाइदा हेर्ने, धुम्रपान र मदिरापान गर्ने, निच भक्षभोगी, अरुलाई घोच्याएर बोल्ने, केही अल्छी, असन्तोषी, उल्टो बुद्धिको, शत्रुसँग हार्ने, सभा गोष्ठी गर्न मनपराउने, आर्थिक दृष्टिले केही गरिब हुने हुन्छ। व्यक्ति स्वार्थी, धूर्त, दुष्ट, स्वच्छेचारी, मानसिक दुर्वलतायुक्त, मन्दगति भएको, उद्योगहीन, अविश्वासी, घमण्डी, झगडालु, धेरैको विरोध गर्नेवाला, साँचोझूठो ख्याल नगर्नेवाला, दोस्रो व्यक्तिले गरेको प्रगतिमा डाहा गर्ने, रुखोवोल्ने वाला, स्त्रीविषयमा लोलुप, सधैं आफ्नो स्वार्थ सिद्धगर्न खोज्ने, अर्को व्यक्तिको गल्तीलाई देख्दा खुसी हुनेहुन्छ। यस राशिका व्यक्तिको दाँत ठूलो हुन्छ। शरीरमा बढी रौँ र कपाल रुखो भएको, पेशामा फलामजन्य वस्तुहरूबाट फाइदा आर्जन गर्दछ। पुरुष राशि भएकाले पुरुषवर्गको सम्पर्कमा बढी लाभदायी हुने हुन्छ। तुरुन्तै रिसाउने यस राशिको विशेषता हो। मुखमा केही दाग, तिल, कोठी हुन्छ। कालो वस्त्र, माँस (Meat) र मदिराहरु यसलाई मनपर्ने वस्तु हुन्। विश्वकर्मा र मुस्लिम सम्पर्क राम्रो हुने गर्दछ। यस राशिका व्यक्ति केही लोभी स्वभावका हुन्छन्। सवारी साधनमा रेल, ट्रक, ट्याक्टर, डोजर, डम्फर, गरुङ्गा सवारी साधनहरु उत्तम फलदायी हुनेछन्। सुख्खा पाखोखेति पनि राम्रो हुन्छ। यस राशिका व्यक्तिले स्वाद डडेको वा तीतो, काँचो तीतो, टर्रो, अनावश्यक ज्यादा पिरो लाग्ने वस्तुहरू बढी मनपराउने हुन्छ। तिथिको हिसाबमा तृतीया, अष्टमी र त्रयोदशी तिथि अशुभदायक हुन्छन्। शनिबार शुभदायक हुन्छ। वृष, मिथुन, कन्या, तुला र मकर राशिसँग मित्रता कायम हुने, मेष, कर्कट, सिंह र वृश्चिक राशिसँग शत्रुता हुने हुन्छ।
कुम्भ राशिको प्रभाव खुट्टामा पर्दछ। स्त्री दोष, प्रेत-पीडा यसको लक्षण हो। कम सन्तान हुने, टाढा-टाढा देशको भ्रमण गर्ने, परदेशप्रेमी एकान्तप्रिय, धैर्यवान र परिश्रमी, इच्छाशक्ति बलियो र प्रबल हुन्छ। शुक्र भाग्य र गुरु लाभ दिने ग्रह हुन्। शुक्र यस राशिका लागि योगकारक मानिन्छ। यी धेरै समझदार हुन्छन् तर कुरा बुझ्न ढिलो गर्छन्। धेरै सोच्ने, चरित्र अस्वभािवक र शंकास्पद हुन्छ। यी निच काम गर्ने तथा चुगली गर्ने हुन्छन्। उनीहरूको साथीभाई धेरै नै हुन्छ। प्रेममा साँचो र दृढ हुन्छन् तर प्रेमको देखावा गर्दैनन्। यात्राबाट प्राय: कष्ट नै महसुस हुन्छ र लाभ कमै मात्र प्राप्त हुन्छ। भाग्यमा ठूलो उतार-चढाव आइरहन्छ। ठूला मानिसहरूको सहयोग आवश्यक परेको बेलामा पाइँदैन। पितातर्फबाट सहयोग तथा धन सजिलैसँग पाइँदैन। यी जातक कठिनाइहरू पार गर्दै समाजमा राम्रो स्थान बनाउँछन् र सम्मान प्राप्त गर्न सफल हुन्छन्। अत्यन्तै परिश्रमका साथ काम गर्छन्। जुनसुकै व्यापारमा पटकपटक समस्या आइरहन्छ। पढाइमा अवरोध आउँछ तर अन्तत: सफल हुन्छन्। जातककी पत्नी होशियार हुन्छिन् र केही हदसम्म जातकमाथि हावी पनि हुन्छिन्। जीवनमा दु:ख-कष्टको भय रहन्छ। सवारी साधनबाट चोट लागिरहन्छ।
सकारात्मक पक्ष
रचनात्मक, नवीन विचारका धनी, मानवतावादी, स्वतन्त्र, प्रगतिशील सोच, कलात्मक,
नकारात्मक पक्ष
घमण्डी, भावनात्मक रूपमा टाढा, विद्रोही स्वभाव, परम्परा तोड्ने, अटेरी, भावना लुकाउने, चिडचिडे, अति स्वतन्त्रता प्रेमी
पढाई
बौद्धिक र वैज्ञानिक विषयहरूमा उत्कृष्ट, प्रविधि, इन्जिनियरिङ, विज्ञान, IT, प्रविधि, विज्ञान, सामाजिक कार्य, राजनीति, कला-साहित्य, उच्च शिक्षा र अनुसन्धानमा सफलता मिल्छ।
कार्यक्षेत्र
प्रशासन, सरकारी जागिर, वास्तुकला, कृषि, राजनीति, Automobile, धातुसम्बन्धी व्यापार, Engineering, मेसिन, छाला, काठ, आलु, कालो दाल, तोरीको तेल, कालो वस्तुहरू, कालो वस्त्र, फलाम, खनिज पदार्थ, प्रबन्धन वा उच्च पदका जागिर, सफल उद्यमी, म्यानेजर, नेता, तेल, तिल, नून, माँस र मदिराहरु, केमिकल उत्पादन, ज्वलनशील पदार्थ, कोइला, सडक निर्माण, ढुंगा आपूर्ति तथा यस्तै अन्य कार्यसँग सम्बन्धित ठेक्काको काम, वकिल र न्यायधीश, मेसिनरी, पेट्रोल पम्प, कच्चा तेल, पेट्रोलियम व्यवसाय, तेल तथा Refinery, सामाजिक सेवा, NGO, राजनीति, लेखन, कला, आविष्कार, मानव अधिकार, सेना, प्रहरी, यन्त्र-औजारसँग सम्बन्धित क्षेत्र, अत्यधिक परिश्रम आवश्यक पर्ने कामहरू
रोग
स्त्रीमा रक्तश्राव, आँखाको दृष्टि, श्वासप्रश्वास, घाँटीसम्बन्धी रोग, टन्सिल, दम, खोकी, टाउको दुखाइ, रक्तचाप (BP), दाँतको समस्या
वैदिक मन्त्र
ॐ शन्नो देवीरभिष्टयऽआपो भवन्तु पीतये।
शंय्योरभिस्रवन्तु न:॥
बिज मन्त्र
ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम:
तान्त्रिक मन्त्र
ॐ शं शनैश्चराय नम:
गायत्री मन्त्र
सूर्यपुत्राय विद्महे मृत्युरूपाय धीमहि। तन्न: सौरि: प्रचोदयात्॥
शान्तिका सरल र प्रभावकारी उपायहरू