सूर्य ग्रह महर्षि कश्यप र अदितिका पुत्र हुन्, जसलाई “आदित्य” पनि भनिन्छ। रवि, हेली, भास्कर, विकर्तन, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हुन्। यो लग्नको कारक ग्रह हो।
“सूर्य आत्मा जगत: तस्थुषश्च” आत्मा, आत्मबल, तेज, सम्मान, नेतृत्व, आत्मविश्वास र स्वास्थ्यको कारक हो। सिंह राशिको स्वामी, मेषमा उच्च र तुलामा नीच हुन्छ।
सूर्य शुभ फलदायी हुँदा
तेजस्वी, स्वाभिमानी, सम्मानित, साहसी, सफल व्यक्ति, सरकारी जागिर प्राप्त हुन्छ।
सूर्य अशुभ फलदायी हुँदा
उदास, अहंकारी, आत्म-केन्द्रित, ईर्ष्यालु,अपमानित, घरविहीन, आँखामा समस्या, टाउको दुख्ने, नुन अधिक खाने, ज्वरो आउने, मानसिक कमजोरी, आत्मा डराउने, बढी गर्मी हुने, दुर्बलता, हृदयरोग, जलन हुने, कपाल झर्ने र पेटको समस्या हुन्छ।
वैज्ञानिक दृष्टिकोणमा
सूर्यको एक वर्ष पृथ्वीको २३ करोड वर्ष बराबर हुन्छ। सूर्यलाई एक फन्को लगाउन पृथ्वीले ३ सय ६५ दिन ६ घण्टा ४८ मिनेट २४ सेकेण्ड लगाउँछ। यसको व्यास लगभग १३ लाख ९२ हजार किलोमिटर छ जुन पृथ्वीको व्यासभन्दा १०९ गुणा ठूलो हो। सूर्य र पृथ्वीबीचको औसत दूरी १४.९६ करोड किलोमिटर छ। पृथ्वीको अक्षीय झुकाव (Axial Tilt) र सूर्यको वरिपरि परिक्रमाका कारण ऋतुहरू (गर्मी, जाडो, वसन्त, शरद….) परिवर्तन हुन्छन्।
ज्योतिषीय आधार
वेद र पुराणमा सूर्यलाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यको रङ्ग रातो हो, सूर्यको एकमात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ र यस चक्रमा १२ भाग हुन्छ जसले १२ महिनालाई जनाउँछ।
सूर्यको मित्र र शत्रु ग्रह
अन्य ग्रहहरू जस्तो वक्री (Retrograde) हुँदैन र एक राशिमा करिब एक महिना बस्छ। हिन्दू धर्ममा सूर्यलाई देवता मानिन्छ। अत्याधिक प्रभावशाली र अत्यन्त तेजमय भएको कारण ज्योतिषशास्त्रमा सूर्य ग्रहलाई सर्वाधिक महत्वपूर्ण ग्रह मानिन्छ। यही सूर्य ग्रहलाई आधार बनाएर अन्य ग्रहहरुले परिक्रमा गर्दछन्।
सूर्यकी पत्नी पिंगला हुन् र सूर्यको पुत्र यम र पुत्री यमुना हुन्। दाेश्री पत्नीको नाम छायाँ हो र छायाँबाट जन्मेका पुत्र शनिदेव हुन्। काश्यप गोत्र, रातो रङ र हल्का गुलाबी, ताम्रवर्ण र सात घोडा शोभायमान स्वर्णले बनेको रथ उनको वाहन हो।
सूर्य ग्रह लग्नबाट छैठौँ, आठौँ र बाह्रौँ भावमा राहुयुक्त भई शनिको योग वा दृष्टि भएमा क्यान्सर हुने सम्भावना अधिक रहन्छ।
सूर्यको शुभ फल प्राप्तिका लागि (उपचार)
माणिक्य रत्न धारण गर्ने, एक मुखी रुद्राक्ष धारण गर्ने, भगवान सूर्यको पूजा गर्ने र पिताको सम्मान गर्ने।
सूर्य ग्रह शिरमा भयो भने
क्रोधी, कपाल झर्ने समस्या र खाइलाग्दो शरीर हुन्छ। सूर्य जीवन-शक्तिको आधार हो। सिंह राशिका स्वामी, आकृति चिन्ह नरसिंह, तत्त्व अग्नि, आत्मा कारक, पुरुष कारक ग्रह, पूर्व दिशाका स्वामी, क्षेत्रीय वर्ण, धातु सुन, स्वभाव स्थिर, प्राकृतिक स्वभावमा पाप ग्रह मानिन्छ। आठौँ सूर्यले करेन्ट लाग्ने, Heart Attack भएर मृत्यु गराउँछ।
सूर्य तान्त्रिक मन्त्र
ॐ घृणि: सूर्याय नम:
बीज मन्त्र
ॐ ह्रीं ह्रौं सूर्याय नम:
सूर्यको वैदिक मन्त्र
ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन् नमृतम् मर्त्यञच।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन्न।
सूर्य गायत्री मन्त्र
ॐ आदित्याय विद्महे प्रभाकराय धीमहि। तन्न: सूर्य: प्रचोदयात्॥
सूर्य प्रार्थना
जपाकुसुम संकाशम् काश्यपेयम् महाद्युतिम्।
तमोSरिम् सर्वपापघ्नम् प्रणतोSस्मि दिवाकरम्॥
सूर्यलाई अर्घ्य चढ़ाउँदा भन्ने मन्त्र
एहि सूर्य सहस्रांशो, तेजो राशे जगत्पते।
अनुकम्पय माम् भक्त्या, गृहाणार्घ्यम् दिवाकर॥
सूर्यले हृदय, आँखा, शिर र जीवन-शक्तिको बारेमा प्रष्ट जानकारी गराउँछ। सूर्य बलियो हुँदा मानिस हिम्मतिलो हुन्छ भने सूर्य ग्रह पीडित अवस्थामा हुँदा बोल्दा डराउने, आत्तिने र मञ्चमा उभिएर बोल्न नसक्ने गराउँछ। हातमा अनामीका (Ring finger) औंलाको ठिक तलपट्टि यो ग्रहको स्थान (रेखा) हुन्छ। यो सत्कर्मको काम गर्ने, अधिकार प्राप्त गर्ने, गरिबलाई दया गर्ने र परोपकारी हुन्छ। सूर्य अशुभ भएर बसेमा घमण्डी, अहम भाव, अभिमानी, आफ्नो प्रशंसा आफै गर्ने, आफ्नो पदको दुरुपयोग गर्ने, निर्दयी र अरुलाई दु:ख दिने हुन्छ। सूर्य बलवान भएमा राजाबाट समान, पद प्राप्त, महत्वकांक्षि, अधिकारक प्राप्त, स्वाभिमानी, अरुलाई अराएर खाने, चतुर र राज्य प्राप्त गर्ने। सूर्य ग्रहदेखि आत्मा, शरीर, पिता, राजा, प्रशासन, नेता, शक्ति, सम्मान र अधिकार दिलाउँछ। दाहिने आँखा, ठूलो उद्योग, आत्मा शक्ति, स्वास्थ्य, पद, दैवशक्ति, अग्नि, पेट, मानसम्मान र प्रशासनिक अधिकारीको विचार गरिन्छ। सूर्य अत्यन्तै बलियो भई चतुर्थ वा लग्न भावमा छ भने राम्रो ठाउँमा घर खुल्ला जताततैबाट प्रकाश घरको निकटमा सरकारी भवन कार्यालय हुन्छ।
सूर्य ग्रह सर्वश्रेष्ठ मुख्य ग्रह राजाग्रह हो। सूर्ये बलसमायुक्ते निजवर्गबलैर्युते। तस्मिन्दाये महत् सौख्यं धनलाभादिकं शुभम्॥ सूर्य ग्रह उच्च स्तरका काम, ठुलठुला फ्याक्ट्री र कम्पनीको मालिक हुन्छ। सूर्य राज्यसँग र राजासँग सम्बन्धित ग्रह हो र भाग्यमा अत्यन्त बलवान भएमा राज्य शासनद्वारा धन प्राप्ति गराउँछ, मध्यमबली भयो भने राज्यधिकारी बनाउँछ; साधारण अवस्थामै पनि कर्मकारक भयो भने सरकारी क्षेत्रमा कार्यप्राप्ति र अत्यन्तै बलवान भएमा दोस्रो मानिसमाथि शासन गर्ने, गभर्नर, मन्त्री, उच्च पदस्थ बनाउँछ। यो अग्नि तत्त्व ग्रह भएकाले अन्य अग्नि कारक ग्रहसँग योग गर्दा बिजुलीसँग सम्बन्धित काम र अग्निसँग सम्बन्धित कार्य र पिताको कारक भएको हुँदा बाबासँगै र सूर्य एक Medicine कारक ग्रह भएको कारण अन्य Medicine कारक ग्रहसँग योग गर्दा औषधिबाट फाइदा र सूर्य ग्रह नै धार्मिक भएको हुँदा अन्य धार्मिक ग्रहसँग प्रभावित हुँदा धार्मिक क्षेत्रबाट लाभ र यो ग्रह घरसँग सम्बन्धित भएको हुँदा घरको ठेक्कापट्टा, Civil Engineering र फर्निचरसँग सम्बन्धित कामबाट लाभ दिलाउँछ र चतुर्थ भाव पनि घरसँग सम्बन्धित भएको हुँदा चतुर्थ भावमै गएर सूर्य बस्दा वा चतुर्थेसँग योग गर्दा ठूलो घर हुने, घरको सुखभोग गर्न पाउने र पैत्रिक सम्पत्ति धेरै हुने। सूर्य र बुधको योगलाई बुधादित्य योग भनिन्छ। सूर्य र राहुको योग सूर्यग्रहण योग भनिन्छ। सूर्य यदि भाग्यमा शुभ अवस्थामा छ भने सूर्यको दशा चलेको बेलामा पदोन्नति, उद्योगमा सफलता र सरकारी जागिर प्राप्त गराउँछ।
सूर्यले दिने रोगहरू
टाउको दुख्ने, तीव्र ज्वरो आउने, आँखासम्बन्धी समस्या वा आँखा कमजोरी हुने, मुटुको समस्या, प्रेसर हाई बनाउने समस्या, मानसिक कमजोरी हुने, शिर तथा दिमाग सम्बन्धी रोग, बढी गर्मी हुने, दुर्वलता सम्बन्धी रोग, पेट वा पित्त थैलैको समस्या, शरीरमा जलन हुने, आगो, हृदयसम्बन्धी रोग र तालु खोइलिने वा कपाल झर्ने समस्या हुन्छ।
सूर्यले दिने पेशाहरु
ग्रहले प्रदान गर्ने पदहरू
अधिकृत, न्यायाधीश, प्रधान अध्यापक, CDO, प्रहरी निरीक्षक, प्रहरी उपनिरीक्षक, कुनै पनि संस्थाको अध्यक्ष।
राशि र ग्रह अनुसार रत्नधारण
| ग्रह | रत्न | रत्न धरन | धातु | हात | औंला | क्यारेट |
| सूर्य | माणिक्य | आईतबार | सुन | दाहिने | काहिँली | ३ |
सूर्यबाट विचार गरिने शिक्षा
Science, Engineering, Electrical Engineer, Medical, सेना, उद्योग, प्रशासनिक।
नवग्रहले दु:ख दिएमा के गर्ने
सूर्यले दु:ख दिएको भएमा हरिवंश पुराण श्रवण गर्ने वा अनुष्ठान लगाउने।
ग्रहको शत्रु, मित्र र सम ज्ञान
| ग्रह | मित्र | शत्रु | सम |
| सूर्य | चन्द्रमा, मंगल, बृहस्पति | शुक्र, शनि, राहु | बुध |
ग्रहको स्वगृह, उच्च र निच्च ज्ञान
| ग्रह | स्वगृह | उच्च | निच्च | मूल त्रिकोण |
| सूर्य | ५ (सिंह) | १ (मेष) | ७ (तुला) | ५ (सिंह) |
शुभ तथा अशुभ रंग, अंक, बार र दिशा
| राशि | स्वामी | शुभ रंग | शुभ अंक | शुभ बार | घातक बार | शुभ दिशा | मध्यम दिशा | अशुभ दिशा |
| सिंह | सूर्य | रातो | 1, 10, 19, 28... | आइतबार | शनिबार | पुर्व | उत्तर, दक्षिण | पश्चिम |