ज्योतिषी तथा अङ्क ज्योतिषी (Numerologist) नविन उपाध्याय द्वारा लोकनेत्र ज्योतिष सेवा सञ्चालन भइरहेको छ। ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर 23 धापाखेल, सुमेरु अस्पताल र जेम्स स्कुल नजिकै अवस्थित हाम्रो यस केन्द्रमार्फत हामीले विगत 14 वर्षदेखि हालसम्म 60 भन्दा बढी देशका 35000 भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। शास्त्रीय विधि र आधुनिक आवश्यकता बीचको समन्वय नै हाम्रो मुख्य विशेषता हो।

कुण्डली फलादेश

कुण्डली फलादेश

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्ष...

कुण्डली (चिना) बनाउने

कुण्डली (चिना) बनाउने

चिना; जसलाई जन्मपत्रिका वा हिन्दू ज्योतिषमा 'जन्म कुण्डली' पनि भनिन्छ, एक व्यक्ति जन्मेको ठ्याक्कै समयमा आकाशमा ग्रहहरू, नक्षत्रहरू र राशिहरूको स्थिति दर्शाउने एक चार्ट वा नक्शा हो। यो वैदिक ज्योतिषको आधारभूत उपकरण हो, यसलाई जन्मको मिति, समय र स्थानको आधारमा तयार गरिन्छ। यसलाई जन्मको समयमा ब्रह्माण्डको 'ग्रह स्थिति नक्सा' भन्न सकिन्छ, जसले व्यक्तिको व्यक्तित्व, स्वास्थ्य, करियर, वैवाहिक जीवन, सुख-दुःख, चुनौतीहरू र जीवनको दिशा बारे जानकारी दिन्छ। वैदिक ज्योतिष अनुसार, यो कुण्डलीले नौ ग्रहहरू (नवग्रहहरूः सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु) को १२ घरहरू (भावहरू) र १२ राशिहरूमा...

कुण्डली मिलान

कुण्डली मिलान

मानव जीवनका संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्त्वपूर्ण संस्कारको रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ। गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ। अष्टकुट भित्र वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी पर्दछन्। ज्योतिषशास्त्रअनुसार कुनै जातकको प्रकृति, अभिरुचि, व्यक्तित्व र व्यवहार उसको जन्मनक्षत्र र राशीका आधारमा निर्धारित हुने गर्दछ। यस आधारमा पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा...

Numerology

Numerology

ज्योतिषशास्त्र जस्तै अंकशास्त्र पनि एउटा विज्ञान हो जसले व्यक्तिको भविष्यको भविष्यवाणी गर्न संख्याहरूको प्रयोग गर्दछ। यसको गूढ ज्ञानलाई अंग्रेजीमा Numerology र नेपालीमा अंकशास्त्र, अंक विज्ञान वा अंक ज्योतिष भनिन्छ। अंकशास्त्रले विशेष गरी व्यक्तिको जीवनका विभिन्न पक्षहरूको मूल्याङ्कन गर्न र भविष्यको भविष्यवाणी गर्न गणितीय नियमहरू प्रयोग गर्दछ। अंकशास्त्रले व्यक्तिको जन्म मितिको आधारमा मूल संख्या गणना गरेर उसको भविष्यको गणना गर्दछ। अंक विज्ञानलाई विज्ञानको कसीमा 'छद्म विज्ञान' (Pseudoscience) मानिन्छ, किनभने यसको कुनै भौतिक वा प्रयोगात्मक प्रमाण छैन। तर, मानव इतिहास र मनोविज्ञानमा यसको गहिरो प्...

रत्न

रत्न

वैदिक ज्योतिषमा रत्नहरूले ग्रहहरूको किरणहरू (ऊर्जा) लाई आकर्षित गरेर शरीरमा प्रवेश गराउँछ। यसले जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्य, धन, सफलता, प्रेम, र सुरक्षा प्रभावित गर्छ। नव रत्नहरू नवग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) सँग सम्बन्धित छन्। रत्नहरूले कमजोर ग्रहहरूलाई बलियो बनाउने, अशुभ दोष कम गर्ने, शक्ति र समृद्धि वृद्धि गर्दछ। रत्नलाई औँठी (Ring), लकेट (Locket) वा ब्रेसलेट (Bracelet) मा लगाउने गरिन्छ। रत्नले ग्रहहरूको ऊर्जा-प्रवाह, जीवनका समस्या समाधान, सफलता, मानसिक शान्ति, एकाग्रता र आध्यात्मिक उन्नति दिन्छ। कुनै ग्रह कमजोर भएमा वा अशुभ प्रभाव दिइरह...

रुद्राक्ष

रुद्राक्ष

रुद्राक्ष एक पवित्र बीउ हो जसलाई हिन्दू धर्ममा विशेष महत्त्व दिइएको छ। "रुद्राक्ष" शब्दको उत्पत्ति "रुद्र" (भगवान शिव) र "अक्ष" आँसुबाट भएको हो। पौराणिक कथानुसार, भगवान शिवको आँसुबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि तल्लो भाग सम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ, त्यहि धर्सा लाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुने गर्दछ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृद्धि हुने गरेको धार्मिक आस्था रहदै आएको छ। रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ भ...

ग्रहशान्ति

ग्रहशान्ति

धर्मशास्त्र वा स्मृतिग्रन्थहरू भनेको गफ होइन। त्यसबेलाको संविधान हो। यो त्यस युगको कानुन हो। यो त्यसबेलाको समाजलाई सञ्चालन गर्ने सशक्त कानुन व्यवस्था हो। जसले नियमबद्ध रीतिले चलाएर आचार-विचार, धर्म-संस्कृतिको संरक्षण र संवर्धन गर्थे। प्रत्येक कर्मको फल भोग्नै पर्छ- अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्। खेतमा गहुँ छरेमा गहुँ फल्छ, धान रोपेमा धाननै फल्छ। यो शाश्वत तथ्य हो। तत्काल फल मिलेन भनेर फल हुँदैहुँदैन भन्न हुँदैन। गरेको कर्मबाट एउटा अदृष्ट- अपूर्व उत्पन्न हुन्छ जसले कालान्तरमा फल दिन्छ। इष्टस्य प्राप्तिः अर्थात् आफ्नो सपना प्राप्त गर्ने सबैको इच्छा हुन्छ। तरपनि जन्मकुण्डलीमा रहेको ग्रहक...

अनलाइन सेवा

अनलाइन सेवा

हामीले विगत १२ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३५००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरूलाई व्यक्तिगत भेटघाट गर्न समय मिल्दैन। त्यसैले हामीले अनलाइन ज्योतिष सेवा सुरु गरेका छौँ। अब तपाई नेपाल र विदेश जुनसुकै कुनाबाट सजिलै हाम्रो सेवा लिन सक्नुहुन्छ।

वास्तुशास्त्र

वास्तुशास्त्र

वास्तुशास्त्र (Vastu Shastra) एक प्राचीन भारतीय वास्तुकला विज्ञान हो जसले भवनहरूको डिजाइन, लेआउट, मापन, भूमि तयारी, स्थान व्यवस्था र ज्यामितीय संरचनालाई निर्देशित गर्दछ। यो संस्कृत शब्द "वास्तु" (वास गर्नु) र "शास्त्र" (विज्ञान) बाट बनेको छ, जसको अर्थ "वासस्थानको विज्ञान" हुन्छ। यो ५,००० वर्षभन्दा पुरानो परम्परा हो जसले मानव जीवनलाई प्रकृतिका पाँच तत्वहरू— पृथ्वी (Earth), जल (Water), अग्नि (Fire), वायु (Air) र आकाश (Space) सँग जोडेर सद्भाव कायम राख्ने लक्ष्य राख्छ।

मुहूर्त निर्धारन

मुहूर्त निर्धारन

मुहूर्त्त निर्धारण (Muhurta Nirnayan) भनेको वैदिक ज्योतिषशास्त्र (Vedic Astrology) मा आधारित एक प्रक्रिया हो जसमा कुनै पनि शुभ कार्य, घटना वा निर्णयको लागि उपयुक्त समय (Auspicious Time) छनोट गरिन्छ। संस्कृत भाषामा "मुहूर्त्त" शब्दको अर्थ "क्षण" वा "समयको एक भाग" हुन्छ। प्राचीन वैदिक परम्परामा समयलाई ४८ मिनेटको एक मुहूर्त्त मानिन्छ, तर व्यावहारिक रूपमा मुहूर्त्त निर्धारण भनेको पञ्चाङ्ग (Panchang) को आधारमा ग्रहहरूको स्थिति, नक्षत्र, तिथि, योग, करण आदिको विश्लेषण गरेर कुनै कार्य सुरु गर्नको लागि सबैभन्दा अनुकूल समय निर्धारण गर्ने विधि हो।

यन्त्र

यन्त्र

'यन्त्र' संस्कृत शब्द हो, जुन 'यम्' धातुबाट बनेको छ। यसको शाब्दिक अर्थ हुन्छ नियन्त्रण गर्ने वा संकुचित गर्ने साधन, आध्यात्मिक अर्थः यन्त्र एउटा यस्तो ज्यामितीय आकृति (Geometric Figure) हो जसमा देवी-देवता वा ब्रह्माण्डीय ऊर्जाहरूलाई "बाँधेर" राखिन्छ। ज्योतिषशास्त्रमा यन्त्रहरूको विशेष महत्त्व छ। यी यन्त्रहरू ग्रहहरूको प्रभावलाई सन्तुलनमा ल्याउन, नकारात्मक शक्तिहरूबाट सुरक्षा गर्न र सकारात्मक ऊर्जा प्राप्त गर्न प्रयोग गरिन्छ। वैज्ञानिक अर्थः यो एउटा 'ऊर्जा सञ्चय गर्ने यन्त्र' (Energy Storage Device) जस्तै हो, जसले विशिष्ट ध्वनि (मन्त्र) र आकृति मार्फत ब्रह्माण्डबाट सकारात्मक ऊर्जा खिच्छ।