ग्रहको बारेमा

नवग्रह वैदिक ज्योतिषमा मानव जीवन, प्रकृति र कर्मसँग सम्बन्धित नौ प्रमुख ग्रहहरूको समष्टि हो। यसमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु पर्दछन्। सूर्य आत्मा, शक्ति र अधिकारको कारक हो भने चन्द्र मन, भावना र मानसिक अवस्थाको सूचक हो। मंगल साहस, ऊर्जा र संघर्षसँग सम्बन्धित छ, बुध बुद्धि, वाणी र व्यापारको कारक मानिन्छ। बृहस्पति ज्ञान, धर्म, भाग्य र विस्तारको प्रतीक हो भने शुक्र प्रेम, सौन्दर्य, सुख र भौतिक ऐश्वर्यसँग जोडिन्छ। शनि कर्म, अनुशासन, परिश्रम र फलको प्रतीक हो। राहु र केतु छायाग्रह मानिन्छन्, जसले आकांक्षा, भ्रम, अचानक परिवर्तन, वैराग्य र आध्यात्मिक उत्थानमा प्रभाव पार्छन्। समग्रमा नवग्रहले व्यक्तिको स्वभाव, भाग्य, सफलता र जीवनयात्रालाई मार्गदर्शन गर्दछ।

सूर्य ग्रह

सूर्य ग्रह

सूर्य ग्रह महर्षि कश्यप र अदितिका पुत्र हुन्, जसलाई “आदित्य” पनि भनिन्छ। रवि, हेली, भास्कर, विकर्तन, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हुन्। यो लग्नको कारक ग्रह हो। “सूर्य आत्मा जगत: तस्थुषश्च” आत्मा, आत्मबल, तेज, सम्मान, नेतृत्व, आत्मविश्वास र स्वास्थ्यको कारक हो...
Learn More  
चन्द्र ग्रह

चन्द्र ग्रह

चन्द्रमा (Moon) एक हिन्दूका देवता पनि हुन्। "चन्द्र" शब्दको शाब्दिक अर्थ "उज्ज्वल वा चम्किलो" हो र अन्य भाषाहरूमा जून, शशी, इन्दु, चन्द्रमा, रजनीश, मयंक, कलाधर, निशाकर, राकेश र सोम भनिन्छ। चन्द्रमाका सोह्र कला (अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पू...
Learn More  
मंगल ग्रह

मंगल ग्रह

मङ्गल (Mars) ग्रह पृथ्वीभन्दा आकारको हिसाबले झण्डै आधा सानो छ। यसको व्यास ४२२० माइल (Miles) रहेको छ। वजनको हिसाब गर्दा मङ्गलको तौल पृथ्वीको भन्दा दश गुणा कम छ। पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ तर मङ्गल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ। यसको मतलब मङ्गलले सूर्यको एकपटक परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। मङ्गल ग्रहमा...
Learn More  
बुध ग्रह

बुध ग्रह

ज्योतिषमा बुध (Mercury) लाई मिथुन राशि, कन्या राशि, अश्लेषा, जेष्ठा र रेवती नक्षत्रको स्वामी हाे। बुध ग्रह तृतीय र छैठौँ भावको स्वामी साथै तृतीय भावको कारक ग्रह हो। बुध ग्रहकी पत्नी भद्रिका हुन्। जुन कथन र विचारलाई व्यक्त गर्ने ग्रह हो। बुध एक राशिमा लगभग १ महिना रहन्छ। सूर्यको आसपास यो २८ अंश निकट नै रहन्छ, बुध ग्रहले...
Learn More  
बृहस्पति ग्रह

बृहस्पति ग्रह

वृहस्पति (Jupiter) ग्रह सौर्यमण्डलको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौ ग्रह हो। कक्षीय गति (Orbital Speed) १३.०७ कि.मी./से.। कक्षीय अवधि (Orbital Period) ४,३३२.५९ दिन। वृहस्पति "प्रार्थना र भक्तिको स्वामी" हो र देवताको गुरु भनिन्छ। ऋग्वेद अनुसार वृहस्पति अंगिरस ऋषिको पुत्र हो। ज्योतिषमा वृहस्पतिलाई धनु राशि, मीन राशि र पु...
Learn More  
शुक्र ग्रह

शुक्र ग्रह

भरणी, पूर्वाफाल्गुनी, पूर्वाषाढा नक्षत्र तथा शुक्र ग्रह वृष र तुला राशिको स्वामी हो। शुक्र ग्रह आग्निय कोणमा बास रहन्छ। शुक्र ग्रहको पत्नी सिद्धा हुन्। शुक्र ग्रहको गोत्र भार्गव हो र अधिपति उमा हुन्। शुक्र कुण्डलीमा साधारणतया द्वितीय र सप्तम भावको मालिक हो। शुक्रलाई प्रायः “दैत्य गुरु” भनेर चिनिन्छ। शुक्र एक राशिमा करि...
Learn More  
शनि ग्रह

शनि ग्रह

शनि ग्रह मकर राशि र कुम्भ राशि, पुष्य, अनुराधा र उत्तराभाद्रपदा नक्षत्रको स्वामी हाे। शनिकी पत्नी उल्का हुन्। उल्काको दशावधि ६ वर्षको हुन्छ। शनये क्रमति स: नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्म मुताबिक सजाय र पुरस्कार शनिको महादशाकालमा प्राप्त हुने वि...
Learn More  
राहु ग्रह

राहु ग्रह

राहु (“चन्द्रमाको उत्तरी नोड” North Lunar Node) ग्रह हिन्दू ज्योतिषशास्त्रको अनुसार, नवग्रहहरू मध्ये एक र संकटाको स्वामी हो। राहु ग्रह राक्षस स्वरभानुको काटिएको टाउको हो, जसले ग्रहणको समयमा सूर्य र चन्द्रमालाई छेक्छ। यसलाई कलात्मक रूपमा टाउको भएको र शरीर नभएको सर्पको रुपमा चित्रण गरिन्छ। राहुलाई ८ वटा श्याम वर्णको कुकु...
Learn More  
केतु ग्रह

केतु ग्रह

ज्योतिषमा केतु (“दक्षिणी चन्द्र नोड” South Lunar Node) ग्रहलाई एक अशुभ ग्रह मानिन्छ। तर यसको अर्थ केतुबाट सधैँ खराब फल मात्र प्राप्त हुन्छ भन्ने होइन। केतु ग्रहले व्यक्तिलाई शुभ फल पनि प्रदान गर्छ। केतु आध्यात्म, वैराग्य, मोक्ष, तान्त्रिक शक्ति आदिको कारक ग्रह हो। ज्योतिषमा केतु कुनै पनि राशिको स्वामी होइन। तर धनु राशि...
Learn More